काठमाडौं- आज (बिहिबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ ।
बुधबार प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको छापावाला सुन तोलामा ९ सयले घटेर आज ९६ हजार ६ सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार १ सय निर्धारण गरिएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३ सय २० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।



