काठमाडौं - नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य आज स्थिर रहेको छ ।

आज छापवाला सुन प्रतितोला ९७ हजारमा कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ३३० मा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ कायम गरिएको महासंघले जनाएको छ ।