दोस्रो चरणको स्थानीय चुनाव नजिकिदै जाँदा आफ्नो पक्षधरलाई उम्मेदवार बनाउन नसक्ने अवस्था आएपछि पार्टी बैठकको माइन्युट बोकेर कांग्रेसका क्षेत्रीय सभापति छ दिनदेखि सम्पर्कबिहीन भएका छन् । नेपाली कांग्रेस बाँके निर्वाचन क्षेत्र नं. १ मा पार्टीको आन्तरिक गुटको बिबादका कारण क्षेत्रीय कमिटीको बैठक माइन्युट नै लिएर क्षेत्रीय सभापति माधवराम खत्री ढकाल सम्पर्कबिहीन भएका हुन् ।

स्थानीय तहको निर्वाचनमा निर्वाचन क्षेत्र नं. १ अन्तरगतका गाउँपालिका र नगरपालिकाको लागि उम्मेदवार सिफारिस गर्न बसेको बैठकका विबाद हुँदा बैठक स्थगित गरी माइन्युट फोटोकपी गर्न जान्छु भनेर बाहिरिएका उनी जिल्ला पार्टीको सम्पर्कमा आएका छैनन् । उनी पार्टी सभापति देउवा निकटका हुन् ।

नेपाली कांग्रेस बाँके निर्वाचन क्षेत्र नंं १ का क्षेत्रीय सचिव डिल्ली गिरीले पार्टीको जिल्ला कार्यसमितिलाई लेखेको पत्रमा कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउपालिकाको विभिन्न वडाहरुमा उम्मेदवार बनाउनको लागि वडा तहको सिफारिस नै नआएका व्यक्तिको नाम एकलौटी तरिकाले सिफारिस गर्न थालेपछि एक घण्टाको लागि बैठक स्थगित गरी निस्केको क्षेत्रीय सभापति खत्रीले नाम सिफारिस गरी आफू सम्पर्कबिहीन भएको पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी कोहलपुर नगरपालिका पार्टी कमिटी सचिव भूमबहादुर भण्डारीले क्षेत्रीय सभापति खत्रीले एकलौटी तरिकाले गरेको सिफारिस पार्टीको केन्द्रीय परिपत्रको भावना विपरित भएकोले आफुहरुलाई मान्ने नहुने भन्दै जिल्ला पार्टीलाई पत्र लेखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah