झिलझिले। झापाको गौरादहबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् । उनीहरुलाई गौरादह नगरपालिका ९ बैगुनधुराबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गौरदह ३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई गएराती पौने ११ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरुमाथी चेकजाँच गर्दा १५८ बोतल ईस्कफ लागुऔषध फेला पारिएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय