काठमाडौं - नेपाली बजारमा आज (सोमबार) सुनको बढेको छ ।

आइतबार प्रतितोला ९७ हजारमा कारोबार भएको छापवाला सुन आज प्रतितोला २ सयले बढेर प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।