सुनसरी,असोज-०७ गते । सुनसरी कोशी गाँउपालिका-१ स्थित राजमार्गमा टिफरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका २९ बर्षीय राजकुमार यादब रहेका छन ।

आज बिहान पौने ११ बजे को १ ख ६२१६ नम्बरको टिफरले साईकल यात्री यादबलाई ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ठक्कर दिएपछी टिफर समेत अनियन्त्रीत भई पल्टिएको छ भने टिफर चालक सप्तरीका ४७ बर्षीय नोखनी मण्डल घाईते भएका छन । उनको जिल्ला अस्पताल ईनरुवामा उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ ।