भदौ २५ गते भएको कारोबारमा बाँकी रहेको २३ करोड रुपैयाँभन्दा धेरै कारोबारको राफसाफ असोज ९ गते शुक्रबार हुने भएको छ।

सो दिन कुल २९ हजार ९९६ वटा कारोबार भएकोमा ४ हजार २९७ वटा कारोबारको राफसाफ बाँकी रहेको सिडिएससीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएका कारण केहि समयको कारोबार पछि बजार २ घण्टा बन्द भएको थियो। नेप्सेले कारोबार व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या आएको कारण कारोबारको सेटलमेन्ट पोष्टपोन्ड गर्न सिडिएसीलाई आग्रह गरेको थियो। सोहि अनुसार कारोबारको राफसाफ तत्कालको लागि स्थिगित गरिएको थियो।

सो पश्चात भदौ ३१ गते सिडिएससीले अंशिक कारोबारको राफसाफ सम्पन्न गरेको थियो भने २ बजे भन्दा अगाडि भएका कारोबारको राफसाफ अझै हुन सकेको थिएन। भदौ ३१ गते सिडिएससीले १ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबारको रफसाफ गरेको थियो।

२३ करोड १४ लाख ६५ हजार ३७० रुपैयाँ बराबरको कारोबारको राफसाफ बाँकी रहेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

२५ करोड ७ लाख ६५ हजार ८७९ को रुपैयाँको कारोबारको राफसाफ बाँकी भए पनि १ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबारको भने रद्द भएको छ।

भदौ २५ गते १८९ वटा कम्पनीको ४३ लाख २९ हजार ६६५ कित्ता शेयर २ अर्ब २० करोड ९६ लाख ४४ हजार ९७२ कित्ता शेयर कारोबार भएको थियो।