काठमाडौं – नेपाली बजारमा आज (बिहिबार) पनि सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । बुधबार प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएको छापवाला सुन आज प्रतितोला १२ सयले घटेर आज प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदी ७० रुपैयाँले घढेर प्रतितोला १ हजार १ सय २० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
बिगत ३ दिनयता सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । मंगलबार सुनको मूल्यमा १७ सयले गिरावट आएको थियो भने बुधबार १२ सयले घटेको थियो । तीन दिनमै सुनको भाउ तोलामै ४ हजार १ सय रुपैयाँले घटेको छ । आइतबार स्थिर रहेको सुनको सोमबार भने तोलामा २ सय रुपैयाँले बढेको थियो।



