मोरङ। प्रहरीले मोरङबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। मोरङको विराटनगर १६ दरैया बस्ने ६१ बर्षीय रामु मण्डल लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ परेका हुन् । हिजो अपरान्ह ४ बजे विशेष सुराकका आधरामा खटिएको प्रहरी टोलीले साईकलमा आईरहेका मण्डललाइ विराटनगर १२ स्थित कलेज रोडबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नियन्त्रण पश्चात उनि माथी चेकचाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा ५ ग्राम ७० मिलीग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको र उनीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।