काठमाण्डौ - टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र सानिमा बैंकबीच सहुलियत ऋणसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार टाटाका कमर्सियल गाडी किन्न चाहनेलाई सानिमा बैंकले देशैभरि जुनसुकै शाखामार्फत सहुलियतपूर्ण ऋण दिने भएको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधि २०७५ को अधिनमा रही बैंकको नीतिअनुसार ग्राहकहरुलाई व्यावसायिक प्रयोजनका गाडी खरिद गर्नका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने बैंकले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सहुलियतपूर्ण कर्जाभित्र व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास ऋण छन्।

सम्झौतामा सिप्रदीका उपाध्यक्ष शौरभराज थपलिया र सानिमा बैंकका एसएमई मिड साइज बिजनेस प्रमुख हिटलर श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सरल र सहज ऋण उपलब्ध गराउने उद्देश्य साथ यो सुविधा सिप्रदी ट्रेडिङका देशभरि रहेका सम्पूर्ण डिलरहरुबाट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।