काठमाडौँ - नेपाली बजारमा आज (बुधबार) पनि सुन-चाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ ।

मंगलबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापवाला सुन आज प्रतितोला ५ सयले बढेर ९४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदी पनि प्रतिताेला १५ रुपैयाँले बढेर १ हजार १ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

आइतबार सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार सोमबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।