भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहाल सँगको मत अन्तर फेरि बढाएका छन्। अहिले माओवादी केन्द्रकी मेयर पदकी उम्मेद्वार रेणु दाहालको भन्दा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीको १४ सय ५९ मत बढी छ। भरतपुर महानगरपालिका वडा नम्बर १६ को प्रारम्भीक मत गणनापछि एमालेले फेरि अग्रता बढाएको हो। यसअघि २४ वडामा आफ्नो अग्रता बढाएको एमालेले १६ मा खसेको ५७२३ मत मध्ये १३६१ को गणनामा १४५९ मतको अग्रता बनाएको हो। यो वडाको प्रारम्भीक मतसहित अहिलेसम्म एमालेका देवी ज्ञवालीले ३३७३८ मत पाएका छन् भने रेणु दाहालले ३२२७३ मत पाएकी छन्। यस्तै उप प्रमुखमा कांग्रेसले ३५८५० र एमालेले ३०५०० मत पाएका छन्। वडाध्यक्षमा भने कांग्रेसका उम्मेद्वारले अग्रता लिइरहेका छन्। भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् । यहाँ कुल मतदाता एक लाख ५२ हजार रहे पनि एक लाख १२ हजारले मतदान गरेका छन् ।
भरतपुरको ताजा मत परिणाम एमाले फेरी दगुर्न शुरु, रेणु पछारिन थालिन
सवाल नेपालसंवाददाताशुक्रबार, ११ जेठ २०७४

भरतपुरको ताजा मत परिणाम एमाले फेरी दगुर्न शुरु, रेणु पछारिन थालिन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



