दमक /झापा दमकका नबिन अग्रवाल दमकका लागि अपरिचित नाम होइन । युवा ब्यवसायि अग्रवाल सामाजिक र ब्यवसायिक रुपमा चिनिएको नाम हो । उनि केहि समयअघि भएको दमक उद्योग बाणिज्य संघको निर्वाचनमा सबैभन्दा बढि मत ल्याएर जितेका थिए ।
सामाजिक रुपमा अनाथ बालबालिकाहरुलाइ खाद्यन्न खाद्यन्न बितरण, गरिब जेष्ठ नागरिकहरुलाइ कम्बल बितरण देखि लिएर समस्यामा परेका र आर्थिक रुपमा बिपन्नहरु बिभिन्न समस्यापर्दा उद्धार कार्यमा समेत उनले लागेर दमकमा चर्चा कमाएकाछन् ।
उनि झापाको दमक वडा नं. ६ साविक ११ बाट वडासदस्यको उम्मेदवार पनि बनेकाछन् । राप्रपाबाट पनि वडा सदस्यको उम्मेद्वार बनेकाहुन् ।
उनले आफू सक्रिय राजनीति भन्दा पनि नगरबासीको सेवाका लागि वडा सदस्यको उम्मेदवार बनेको बताउछन् । ब्यवासायिहरुले प्रदान गरेको मायालाइ साथमा लिएर वडाबासीको पनि माया जित्नेमा आफू आशाबादी रहेको उनले बताए ।
सामाजिक काम र जनताका समस्या सामधान गर्नका लागि आफ्नो उम्मेद्वारी भएको उनी प्रष्ट्याउछन् । जित हार स्वभाविक भएको बताउदै आफूले हारे पनि र जिते पनि गरिब, दिनदुखिको सेवा गर्न नछाड्ने उनले बताए । अग्रवाल परिवार दमकको पुराना बासिन्दा मानिन्छन् ।



