कास्की, पोखराको याम्दीमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । काठमाडौंबाट बाग्लुङको बुर्तिबाङका लागि छुटेको ग १ ख ६१६९ नम्बरको रात्रीबस दुर्घटना हुँदा गुल्मी नेटा २ का दुई बर्षका बालकसहित दुईजनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा गुल्मी जिल्लाको नेटा गाविस– २ का ४७ वर्षीया मनरुपा अर्याल र उनको दुई वर्षीय नाती अतित अर्याल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते २६ जनाको पोखराका मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ । ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित रात्रीबस सडकबाट सेती नदी किनारमा खसेको हो । अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित हुँदा दुर्घटना भएको स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।
बस पल्टिएलगत्तै सँगै गइरहेको अर्को बसका चालक तथा यात्रुहरुले उद्धार गरेका कारण घाइतेहरुको समयमै उद्धार भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ । बस सडकबाट करीब १० मिटर तल खसेको छ भने बस कुच्चिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर