फिदिम । लामो रस्सा कस्सीपछि नेकपा एमालेले पाँचथरका स्थानीय तहहरुमा पार्टीका उम्मेदवार तय गरेको थाहा भएको छ । सो पार्टीले उम्मेदवारको औपचारिक घोषणा भने गरिसकेको छैन ।

स्थानीय तहका प्रमुख र उपप्रमुख चयन गर्न एमालेमा ठूलै सकस भएको छ । फिदिम नगरपालिका तथा ७ गाउँपालिकाको प्रमुखको उम्मेदवार बन्न ४० जना नेताले आकाङ्क्षा राखेपछि एमालेमा ठूलै सकस परेको हो ।

इटहरीमा बसिरहेको एमाले १ नं. प्रदेश कमिटीको बैठकले ८ वटै स्थानीय तहका उम्मेद्वारको टुङ्गो लगाएको एमाले उच्च स्रोतले बतायो । जिल्लाका ६० मध्ये ६ वडाका वडाध्यक्ष तथा अन्य केही वडाका सदस्यको टुङ्गो लगाउन जिल्ला कमिटी तथा जिल्ला सचिवालयमा निरन्तर छलफल भइरहेको पनि बुझिएको छ ।

अधिकांश उम्मेदवार ‘सिनियर’ नेता

एमालेले उत्तरी याङवरक गाउँपालिकाको अध्यक्षमा लेखनाथ घिमिरेलाई उम्मेदवार बनाएको छ । जिल्ला सचिवालय सदस्य घिमिरे एमालेमा लाभको पद नलिएका, लामो समयदेखि कार्यकर्ताका काम गर्दै आएका नेता हुन् । अध्यक्षका मुख्य प्रत्यासीहरु वीरेन्द्र योङ्या, नरबहादुर गुरुङ र देवी कोइरालालाई अन्य जिम्मेवारीमा लैजाने सहमति गरेर घिमिरेलाई अध्यक्षको उम्मेदवार बनाइएको पार्टी स्रोत बताउँछ ।

एमालेले नेतृ कमला योङहाङलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । योङहाङ लामो समयदेखि गैरसरकारी संघ–संस्थामा आवद्ध भई काम गर्दै आएकी महिला नेतृ तथा अधिकारकर्मी हुन् ।

यसैगरी, हिलिहाङ गाउँपालिकाको अध्यक्षमा जिल्ला कमिटीका भुवानीप्रसाद लिङ्देन उम्मेदवार बन्ने भएका छन् ।

साविक पञ्चमी गाविसका निवर्तमान अध्यक्ष लिङ्देन शिक्षकको जागिर छोडेर राजनीतिमा सक्रिय बनेका हुन् । उनले ‘अन्तिम पटकका लागि’ भनेर उम्मेदवारीमा दावी गरेका थिए ।

साविक अमरपुर गाविसका निवर्तमान अध्यक्ष भवानी लिङ्देनले समेत अन्तिम सयमसम्म अध्यक्ष पदमा दाबी गरेका थिए । हिलिहाङको उपाध्यक्षमा एमालेले सुमित्रा सेढाईंलाई उम्मेदवार बनाएको छ । स्रोतका अनुसार भूगोल र जाति मिलाउन सेढाईंलाई उम्मेदवार बनाइएको हो । उनी एमालेको साविक सुभाङ गाउँ कमिटीकी सदस्य हुन् ।

फालेलुङ गाउँपालिकाको अध्यक्षमा कमल जवेगु उम्मेदवार बन्ने छन् । साविक एकतीन गाविसका निवर्तमान अध्यक्ष जवेुू एमालेको गत अधिवेशनमा अध्यक्षमा पदमा चुनाव लडेपछि जिल्लामा बढी चर्चामा आएका थिए । उनी एमाले प्रदेश कमिटीका सदस्यसमेत हुन् ।

सांसदको उम्मेदवार बन्न ‘अफर’ पाएका जवेगु पार्टीलाई उक्त गाँउपालिका जिताउन भन्दै अध्यक्षको उम्मेदवार बनेको स्रोतको भनाई छ । सो गाउँपालिकाको उपाध्यक्षमा तारावती राईलाई एमालेले उम्मेदवार बनाएको छ । उनी सहकारीकर्मी समेत हुन् ।

यसैगरी, फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा वीरबहादुर कुरुम्वाङ र उपाध्यक्षमा करुणा राई नेम्वाङलाई उम्मेदवार बनाउन खासै विवाद थिएन । विवाद नरहे पनि प्रदेश कमिटीले मात्रै उम्मेदवार तय गर्ने भएकाले उनीहरुको उम्मेदवारीको टुङ्गो लागेको थिएन ।

कुम्मायक गाउँपालिकाको अध्यक्षमा जयबहादुर चेम्जोङलाई उम्मेदवार बनाउने एमालेको निर्णय छ । एमाले क्षेत्रीय कमिटीका अध्यक्ष चेम्जोङ साविक स्याबरुम्बा गाविसका निवर्तमान उपाध्यक्ष हुन् । यहाँ एमालेले उपाध्यक्षमा सीता आचार्यलाई उम्मेदवार बनाएको छ ।

तुम्वेवा गाउँपालिकाको अध्यक्षमा धनप्रसाद साँवालाई उम्मेदवार बनाएको छ । साँवा साविक ओलने गाविसका निवर्तमान अध्यक्ष हुन् । यहाँ उपाध्यक्षमा विद्या राईलाई उम्मेदवार बनाइएको छ । साविक ओलने गाविसका निवर्तमान उपाध्यक्ष राई एमाले प्रदेश कमिटीकी सदस्य हुन् ।

यसैगरी, मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा जिल्ला उपसचिव एवम् साविक आरुबोटे गाविसका निवर्तमान अध्यक्ष धनकुमार फियाकलाई उम्मेदवार बनाइएको छ । उक्त क्षेत्रका सिनियर नेता भएका कारण फियाक सर्वसम्मत हुने ठानिएका थिए । यहाँ एमालेले उर्मिला राईलाई उपाध्यक्षको उम्मेदवार बनाएको जिल्ला सचिव तिवेन्द्रराज चापागाईंले जानकारी दिए ।

एमाले उम्मेदवारका रोचक पक्ष

एमालेले स्थानीय तहको प्रमुख–उपप्रमुखमा उम्मेदवार बनाएका मध्ये फाल्गुनन्द गाउँपालिकामा उपाध्यक्षका उम्मेदवार करुणा राई नेम्वाङ र कुम्मायक गाउँपालिकाका उपाध्यक्षका उम्मेद्वार सीता आचार्य शिक्षिका हुन् । शैक्षिक क्षेत्रका व्यक्तिलाई उम्मेदवार बनाउँदा उनीहरुले जित्ने सम्भावना बलियो हुनेहुँदा शिक्षिकाहरु नै उम्मेदवार बनेको बताइन्छ ।

यस्तै जिल्लाकै सानो तुम्बेवा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा साविकको एउटै गाविसका निवर्तमान जनप्रतिनिधिलाई उम्मेदवार बनाइएको छ । साविक ओलने गाविसका अध्यक्ष धनप्रसाद साँवा अध्यक्ष तथा उपाध्यक्ष विद्या राई उपाध्यक्षको उम्मेदवार बनेर पुनः गाँउपालिकाको चुनाव लड्दैछन् । उपाध्यक्षका उम्मेदवार राई २०५४ सालको स्थानीय निर्वाचनमा जिल्लाकै एकमात्र निर्वाचित गाविस उपाध्यक्ष थिइन् । एमालेले अन्य गाँउपालिकामा जाति, भूगोललगायतलाई हेरेर उम्मेदवार बनाएको भएपनि यहाँ त्यो नीति लागू नभएको टिप्पणी सुनिएको छ ।

यस अतिरिक्त एमाले बाहेक अन्य कुनैपनि पार्टीका जिल्ला नेता स्थानीय तहको उम्मेदवार बनेका छैनन् । तर, एमालेबाट भने जिल्ला अध्यक्ष राजकुमार भण्डारी, उपाध्यक्ष भुवानीप्रसाद लिङ्देन र उपसचिव धनकुमार फियाक स्थानीय तहको प्रमुख पदका उम्मेदवार बनेका छन् । सचिव तिबेन्द्रराज चापागाईं मात्रै उम्मेदवार बनेका छैनन् ।

साझामञ्चबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah