काठमाडौं - सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आइतबार सुनकाे प्रतिताेला ९४ हजार ५ सय रूपैयाँमा काराेबार भएको छापवाला सुन आज तोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, सोमबार तेजावी सुन प्रतिताेलाकाे ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीकाे मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार १ सय ८० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।