काठमाडौं– जनरल इन्स्योरेन्सको आइपिओ मंगलबार बाँडफाँड भएको छ । कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा २ लाख ७० हजार जना आवेदकले गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन्।
आवेदन दिएकामध्यले ५ लाख २४ हजार ५४ जना आवेदकको हात खालि भएको छ। इन्स्योरेन्सको आइपिओमा कुल ७ लाख ९६ हजार ७३४ जना आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।



