बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा रु ८०० घट्दै तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै बुधबार तोजाबी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महासंघका अनुसार मंगलबा तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार ११७५ रुपैयाँमा कारोबार भएको छ ।