काठमाडौँ । श्रीमतीको हत्या गरेर फरार श्रीमानलाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको विजयनगर गाउँपालिका–५ का अर्जुन यादव रहेका प्रहरीले जनाएको छ ।

यादवले २०७७ भदौ २८ गते २७ वर्षीय श्रीमती सिर्जना घर्ती यादवको हत्या गरेका थिए । सिर्जनाको शव घरदेखि अन्दाजी १०० मिटर पश्चिममा रहेको चिरही खोलाको किनारामा हरियो स्याउलाले छोपेको अवस्थामा फेला परेको थियो ।

मृतक अवस्थामा भेटिएको सिर्जनाको घाँटी र शरीरमा चोटपटक थियो । श्रीमतीको हत्यापछि यादव लुकीछिपी बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा डीएसपी धर्मराज भण्डारीका अनुसार मृतकको बुबा तुम बहादुर घर्तीको जाहेरीले यादवलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताए । रातो पाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah