जान्नै पर्ने कौटिल्यको १५ आर्थिक सूत्र

१) राज्यको स्थिरता नै अर्थको मूल हो । राज्यको स्थिरता धनसम्पत्तिको प्रमुख कारण हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२) राज्यको आर्थिक सम्पन्नताले नै त्यस देशका जनताको आर्थिक बृद्धि हुन सक्छ ।

३) राजकोषको वृद्धिमा उदासीन हुने राजालाई धनले त्यागिदिन्छ ।

४) राष्ट्रमा भूमि, धन, व्यापार, शिल्प आदि सबै खालको कर्तव्य पालना भयो भने मात्रै राज्यको आय वृद्धिको द्वार खुल्छ ।

५) यदि राजसँग धन छैन भने संसारले सम्मान गर्दैन ।

६) दरिद्रताले जीवनलाई मृत्युसमान बनाइदिन्छ ।

७) प्रशस्त धन भएको दानी पुरुषलाई सौन्दर्यहीन भए पनि रुचिकर मानिन्छ । धनको सदुपयोग गर्ने व्यक्तिलाई कुरुप भए पनि समाजमा उसले सम्मान प्राप्त गर्दछ ।

८) धनले सम्पन्न व्यक्तिले आफ्नो अर्थशक्तिका कारण सार्वजनिक सम्मान प्राप्त गर्दछ । यस्तो व्यक्तिलाई मानिसले शक्तिशाली तथा बुद्धिमान मान्छन् । जताततै उसको सम्मान हुन्छ ।

९) धनिहरु द्यान दिनबाट पनि चुक्दैनन् ।

१०) अरुको धनको अपहरण (चोर्नु) गर्नु आफ्नो धनको नाश गर्नु हो ।

११) आफ्नो धनबाट समाजसेवा गर्ने मनुष्य अकुलिन भएर पनि कुलिन हुन्छ । उसले कुलिनले भन्दा धेरै सम्मान पाउँछ ।

१२) धनको उपासकले सुकर्म गर्नमा श्रम गर्दैन ।

१३) सम्पत्तिले युक्त जीवन विताउनु दीर्घायु र स्वास्थ्यको जनक हो ।

१४) मनुष्यले जे काम गरेर जीविकोपार्जन गरिरहेको छ, उक्त कामको निन्दा गर्नु हुँदैन ।

१५) पूरै संसार अर्गका लागि काममा प्रवृत्त हुन्छ ।