मुम्बई । चर्चित भारतीय फिल्म ‘बाहुबली २’ का अभिनेता कटप्पा (सत्यराज) विरुद्ध अदालतले वारेन्टपत्र जारी गरेको छ । उनीसहित तामिलनाडुका आठ कलाकारले अदालतको मानहानी गरेको भन्दै गैरजमानती वारेन्ट जारी गरेको हो ।
मानहानीको एउटा मुद्दामा अदालतमा हाजिर नभएर मानहानी गरेको आरोपमा कटप्पासहित कलाकारविरुद्ध नीलगिरि क्रिमिनल कोर्टले वारेन्ट जारी गरेको समाचारमा उल्लेख छ ।
वारेन्ट जारी गरिएका अरू कलाकारमा आर शारत कुमार, श्रीप्रिया, विवेक, विजय कुमार, अरुण विजय र फिल्म निर्देशक एवं कलाकार चेरन रहेका छन् ।
उनीहरूविरुद्ध एक पत्रकारले दायर गरेको मानहानि मुद्दामा उनीहरू हाजिर नभएपछि वारेन्ट जारी गरिएको छ ।
देहव्यापारको आरोपमा केही वर्षअघि पक्राउ परेकी अभिनेत्री भुवनेश्वरीसँगै अन्य अभिनेत्रीको नाम पनि देहव्यापारको सूचीमा राखेर ती पत्रकारले छापेका थिए ।
त्यसपछि सुरु भएको विवादमा कलाकारहरूले पूरै पत्रकारविरुद्ध विभिन्न आरोपप्रत्यारोप लगाएपछि एक पत्रकारले ती कलाकारविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए ।
सोही मुद्दामा अदातलको आदेश नटेरेको भन्दै उनीहरूविरुद्ध वारेन्ट जारी गरिएको हो । – एजेन्सी



