काठमाडौं - आज (सोमबार) नेपाली बजारमा सुनको स्थिर रहेको छ । आज छापवाला सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार पनि सोहि मूल्यमा कारोबार भएको थियो

यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदी भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ४५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।