काठमाडौं– यसपालिको दसैंमा बजारमा खुद्रा नयाँ नोट नआउने भएको छ। नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै नयाँ नोट सटही नगरिने स्पष्ट पारेको छ।

राष्ट्र बैंकका कुनै पनि कार्यालय र बैंकहरुमार्फत समेत नयाँ नोट सटही नगरिने भएको सूचनामा उल्लेख छ। ‘पहिलेजस्तो दसैंका लागि भनेर ५, १०, २०, ५० तथा १ सयका नयाँ नोट सटही गरिँदैन’प्रवक्ता डा. गुणाकर भट्टले भने-‘पुराना नोट खिचेर नयाँ पठाउने नियमित व्यवस्था भने कायमै रहनेछ।’



