गोपाल काफ्ले
(साझामञ्चबाट)नेकपा एमाले १ नं. प्रदेश कमिटीको सचिवालय बैठकले झापाका अधिकांश स्थानीय तहमा प्रमुख उपप्रमुखको नाम टुङ्गो लगाएको बुझिएको छ ।

झापाका १५ स्थानीय तहमध्ये यसअघि केहीमा प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारको नाम सार्वजनिक भइसकेको छ । उम्मेदवारको नामावली अन्तिम टुङ्गो लागाउने क्रममा स्थानीय पार्टी नेतृत्वको सुझावसमेतलाई ध्यान दिएर निर्णयमा पुगिएको एमाले उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार झापाका सबै नगरपालिकामा महिलाले उपप्रमुखको उम्मेदवारी पाएका छन् । जिल्लाका आठ नगरपालिकाहरुमध्ये भद्रपुरमा चन्द्रा श्रेष्ठ, अर्जुनधारामा भोलादेवी भट्टराई (देवीमाया), कनकाईमा मञ्जु प्रसाईं, शिवसताक्षीमा भोजकुमारी नेपाल, गौरादहमा गीता भेट्वाल र दमकमा गीता अधिकारीले नगर उपप्रमुखको उम्मेदवारी पाएका छन् ।

महिला सशक्तिकरणलाई प्राथमिकता दिँदै आएको नेकपा एमालेले दुईवटा गाउँपालिकाको प्रमुख पदमा महिला नेतृलाई उम्मेदवार बनाएको छ । कमल गाउँपालिकाको अध्यक्षमा अनेमसंघका केन्द्रीय सचिव मेनका काफ्लेलाई उम्मेदवार बनाएको छ भने हल्दिबारी गाउँपालिकाको अध्यक्षमा पार्टीका जिल्ला कमिटी सदस्य मञ्जु सिटौलालाई अवसर दिने निश्चित भएको छ ।

पार्टी उच्च स्रोतका अनुसार बिर्तामोड र मेचीनगर नगरपालिकाका प्रमुख-उपप्रमुखको टुङ्गो लागिसकेको छैन । आकांक्षीहरु धेरै भएकाले सोको व्यवस्थापन गर्न नेतृत्वलाई सकस भइरहेको हो । शनिबार ती दुवै स्थानीय तहमा उम्मेदवारको नाम तय गरिनेछ । पार्टी स्रोत भन्छ ती दुई बाहेक अन्य १३ वटै स्थानीय तहका प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षको नाम फाइनल भएको छ ।

जसअनुसार कनकाई नगरपालिकाको प्रमुखमा राजेन्द्र पोखरेल, शिवसताक्षीको प्रमुखमा चन्द्रकुमार शेर्मा, गौरादह नगरपालिकाको प्रमुखमा मदन अधिकारी, अर्जुनधारा नगरपालिकाको प्रमुखमा हरिकुमार राना, भद्रपुर नगरपालिकाको प्रमुखमा जीवनकुमार श्रेष्ठ र दमक नगरपालिकाको प्रमुखमा रोमनाथ ओलीले उम्मेदवारी दिनेछन् ।

यस्तै बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा चिन्तन पाठक र उपाध्यक्षमा मिना भुर्तेल, झापा गाउँपालिकाको अध्यक्षमा गजेन्द्र ताम्ली र उपाध्यक्षमा कुन्तीदेवी बुढाथोकी, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा श्याम ढकाल र उपाध्यक्षमा मनिता राई उम्मेदवार बन्ने पक्का भएको छ ।

हल्दिबारी गाउँपालिकाको उपाध्यक्षमा डम्बरकुमार गिरी, कमल गाउँपालिकाको उपाध्यक्षमा वेणु शविाकोटी, बाह्रदशी गाउँपालिकाको अध्यक्षमा लक्ष्मण पाठक र उपाध्यक्षमा गंगा धमला, कचनकवल गाउँपालिकाको अध्यक्षमा शेरबहादुर खत्री र उपाध्यक्षमा धनमाया दाहाल सूर्य ध्वजावाहक उम्मेदवार बनेका छन् ।

यता धेरै कार्यकर्ताको अपेक्षा अनुसार नै बिर्तामोड नगरपालिकाको प्रमुखमा पार्टीका जिल्ला सचिवालय सदस्य तथा २ नं. क्षेत्रका इन्चार्ज एकराज कार्कीलाई उम्मेदवार बनाइने लगभग तय भएको बुझिएको छ । अन्य प्रतिष्पर्धी राजनीतिक दलहरुले तय गरेका उम्मेदवारसँग तुलनात्मकरुपमा अब्बल ठहरिने गरी कार्कीको नाम सर्वसम्मत गर्न लागिएको हो ।

यद्यपी पार्टीको बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईं, अनारमनी गाविसका तत्कालिन अध्यक्ष ध्रुवकुमार शिवाकोटी, पार्टी अध्यक्ष केपी ओलीका सहपाठी हरिचरण शिवाकोटीलाई उम्मेदवार बनाउनु पर्ने गरी लबिङ पनि भइरहेकाले अन्तिम टुङ्गो लाग्न नसकेको जनाइएको छ ।

यस्तै उपमेयरका लागि पनि भीमाकुमारी शिवाकोटी, पवित्रा महतारा र पवित्रा पाठकको सशक्त दावेदारी रहेकाले मेयरको नाम टुङ्गो लागेपछि पार्टीमा सम्हाल्दै आएको जिम्मेवारी, क्रियाशीलता एवम् भूगोलसमेतलाई ध्यान दिएर निर्णयमा पुगिने समाचार स्रोतको विश्वास छ ।

यस्तै मेचीनगर नगरपालिकाको मेयरमा पार्टीका जिल्ला सचिवालय सदस्य तथा १ नं. क्षेत्रका इन्चार्ज गोपाल बुढाथोकीलाई र उपमेयरमा अनेमसंघका नेतृ मीना पोखरेल उप्रेतीलाई उम्मेदवार बनाइने भएको छ ।

पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद्का पूर्व सदस्यसमेत रहेका अग्रणी नेता विष्णु प्रसाईंलाई उपल्लो तहको जिम्मेवारीमा लगेर युवा नेता बुढाथोकीलाई अवसर दिन लागिएको हो । सोबारे पार्टी नेतृत्वले अन्तिम निर्णय गरिनसकेको भन्दै शनिबार बेलुकासम्मको छलफलबाट निर्णयमा पुगिने आश्वासन दिएको छ ।

एमालेले झापामा गर्यो उम्मेदवार निश्चित, कहाँ को परे हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah