काठमाण्डौ – सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ ।
सुनको भाउ आज तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार तोलाको ९४ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आजपनि घटबढ भएको छैन ।
चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भैरहेको छ ।



