चितवन, १३ जेठ । विवादका कारण स्थगित भएको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । वडा नं. १७ को मत गन्ने क्रममा अर्धकट्टीसहितको एक सय २५ वटा मतपत्र भेटिएपछि विवाद भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका दिन अर्धकट्टीसहित मतदान भएको जनाउँदै निर्वाचनस्थलबाट मुचुल्कासमेत गरिएको थाहा भएपछि पुनः रुजु गरेर मतगणना सुरु गरिएको हो ।

वडा नं १७ को १हजार २ सय मत गणना गर्दा १ सय २५ मत अर्धकट्टिसहित भेटिएको छ । उक्त मतपत्रमा सात छाप नै एमालेको रहेको छ । २५ मतमा भने अर्धकट्टिसहित स्टिच लगाइएको पाइएको थियो ।

अर्धकट्टीसहितको मतपत्र भेटिएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अर्धकट्टीलाई बदर गर्नुपर्ने माग गर्दै विरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah