
आश्विन १७, २०७३- बलिउड सेन्सेसनल उर्वशी रतेला नेपाली रनवेमा शो–स्टपरका रूपमा देखिने भएकी छिन् । उर्वशी मोडल क्वेस्ट इन्टरनेसनल नेपालको दोस्रो संस्करणको फाइनलमा उपस्थित हुने भएकी हुन् । यसअघि मोडल क्वेस्टको गत वर्ष सम्पन्न पहिलो संस्करण ब्रिटिस मोडल एवं बलिउड अभिनेत्री हेजल किच शो–स्टपरका रूपमा प्रस्तुत भएकी थिइन् ।