काठमाडौं । दशैं तिहारको अवसरमा विभिन्न बैंकहरुले अनलाइन प्रणालीलाई विशेष प्राथमिकतामा राखेर ग्राहकहरुका लागि योजना सार्वजनिक गरेका छन् । बैंकहरुले दशैंका लागि डिजिटल दक्षिणा याेजना ल्याउँदै ग्राहकका लागि आकर्षक उपहार दिने घोषणा गरेका छन् ।

दशैंमा डिजिटल दक्षिणा वितरण गर्दा नयाँ नोट छपाउनका लागि हुने ठूलो धनराशीको खर्च पनि जोगिने विश्वास बैंकहरूकाे छ । बैंक अफ काठमाडौंले आफ्नो मोबाइल बैंकिङबाट डिजिटल दक्षिणा दिने प्रयोगकर्ताहरुका लागि ‘तीनमा तीन सय नगद उपहार’ अफर ल्याएको छ ।

यसअन्तर्गत तीनजना व्यक्तिलाई एक हजार वा त्योभन्दा बढीको डिजिटल दक्षिणा दिदाँ तीन सय रुपैयाँ नगद उपहार प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी यस वर्षको विजयादशमीमा टिकादेखि पूर्णिमासम्म डिजिटल दक्षिणा पठाउने ग्राहकलाई माछापुछ्रे बैंकले पनि क्यासब्याक प्रदान गर्ने योजना ल्याएको छ ।

बैंकले मोबाइल मनीमार्फत दुई सय रुपैयाँभन्दा धेरै डिजिटल दक्षिणा पठाउने ग्राहकलाई क्यासब्याक स्वरुप एक सय रुपैयाँ ग्राहकको खातामा जम्मा गरिदिने बताएको छ ।

यस्तै भुक्तानी प्रदायक कनेक्ट आइपीएसले डिजिटल दक्षिणा पठाउनेमध्ये हरेक दिन १० भाग्यशाली विजेतालाई एक हजारको गिफ्ट भौचर प्रदान गर्दैछ ।

एनआइसी बैंकले मोबाइल बैंकिङ मार्फत डिजिटल दक्षिणा प्रदान गर्दा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम सय रुपैयाँसम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिने योजना ल्याएको छ ।

दशैंको अवसरमा डिजिटल दक्षिणाका लागि मेगा बैंकले पनि बैंक अफ काठमाडौंले जस्तै तीनमा तीन सय अफर ल्याएको छ ।

मेगा स्मार्ट बैंकिङ एपबाट तीन जनालाई डिजिटल दक्षिणा पठाउँदा तीन सय रुपँयाको क्यासब्याक पाउन सकिनेछ । सम्पूर्ण सेवाग्राहीहरुले दक्षिणा पठाउँदा रिमार्क्समा भने दक्षिणा विवरण भर्नु पर्नेछ ।

यसैगरी सिटिजन्स बैंकले आफ्ना डिजिटल बैकिङ प्रयोगकर्तालाई पस, क्यूआर तथा फन्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा एक हजार रुपियाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा दुई सय ५० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नसक्ने योजना ल्याएको छ ।

त्यस्तै सानिमा बैंकका ग्राहकले बैंक स्मार्टमार्फत कारोबार गर्दा सानिमा बैंक स्मार्ट एप क्रियाशील गर्दा कात्तिक ६ देखि मंसिर ५ गतेसम्म पहिलोपटक बैंक स्मार्ट एप क्रियाशील गर्दा ५० को मोबाइल टपअप पाउने जनाएको छ ।

कात्तिक ६ देखि मंसिर ५ गतेसम्म पहिलोपटक कारोबार गर्दा वा रकम ट्रान्सफर गर्दा २० प्रतिशत अर्थात् अधिकतम सय क्यासब्याक, थप तीन कारोबार गर्दा तीन सय क्यासब्याक पाइने जनाइएको छ । क्यासब्याक पाउन पाँच सय वा सोभन्दा बढी रकमको कारोबार गर्नुपर्नेछ ।

त्यस्तै एनएमबी बैंकले कार्ड र मोबाइल बैंकिङ छुट, क्यासब्याक र किस्ता सुविधा प्रदान गर्न विभिन्‍न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान् उत्सवलाई लक्षित गरी ५० प्रतिशतसम्म छुट र ईएमआई (किस्ता) सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ । बैंकले मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा ३ सय रूपैयाँसम्म क्यासब्याक दिने जनाएकाे छ ।

यसैबीच रेमिट्यान्स सेवा प्रदायक प्रभु मनी ट्रान्सफरले हरेक साता ३२ इन्चको टीभीसहित प्रभु सेटअप बक्स पाउनुका साथै प्रभु क्यापिटलमा प्रभु बैंकको डिम्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट दिने भएकाे छ ।

प्रभु पेमार्फत मोबाइल वालेटमा ३० रुपैयाँ बराबरको टपअप र प्रभु डिजिटलबाट नेट तथा टीभीको वार्षिक प्याकेज लिने ग्राहकका लागि दुई महिनाको अतिरिक्त बोनसको घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah