काठमाण्डौ । नेपालकालागी चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाएर दशैंको शुभकामना दिएकी छन् । उनले यो सालको दशैंको शुभकामना रेशम फिरिरी बोलको गीत गाएर सम्पुर्ण नेपाली जनतालाई दसैंको शुभकामना दिएकी हुन् । उनले आफ्नो ट्विटरमा गीत गाउँदै गरेको भिडिओ राखेर नेपालीहरूलाई शुभकामना दिएकी छन् ।
एक मिनेट २८ सेकेन्डको भिडिओ सेयर गर्दै उनले ट्विटरमा भनेकी छन्,‘मेरा सहकर्मी र मैले नेपाली गीत रेशम फिरिरी अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं ।’ उनले गीत सेयरसँगै ‘यो दशैंले सबैलाई शौभाग्य र खुसी ल्याओस्’ भन्दै शुभकामना पनि दिएकी छन् । भिडियो हेर्नुस्
https://twitter.com/PRCAmbNepal/status/1320589152304263169?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1320589152304263169%7Ctwgr%5Eshare_3%2Ccontainerclick_1&ref_url=https%3A%2F%2Fwww.etajakhabar.com%2F338812%2F









