सर्वाधिक चर्चा र चासोको रुपमा लिइएको चितवन महानगरपालिकाको मतगणनाको अन्तिम चरणमा आइपुग्दा पनि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेका छन् ।
पछिल्लो मत परिणाम अनुसार माओवादी मेयर उम्मेदवार भन्दा एमालेका मेयर उम्मेदवार परिणामसम्म १५ सय ४ मतले अग्रता लिएका छन् ।
निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ३७ हजार ९ सय ६० मत ल्याएका छन् भने माओवादीकी मेयर उम्मेदवार दाहालले ३६ हजार ४ सय ५६ मत प्राप्त गरेकी छिन् ।
उपमेयरमा कांग्रेसकी उम्मेदवार पार्वती शाहले ४० हजार २ सय ६१ मत ल्याउनु भएको छ भने एमालेकी उपमेयर उम्मेदवार दिव्या शर्माले ३४ हजार ६ सय ३९ मत ल्याएकी छिन् ।
शनिबार बिहान पतपत्रमा अर्धकट्टी भेटिएको भन्दै केही बेर मत गणना रोकिएको थियो । वैशाख ३१ गते चुनावकै बेला अर्धकट्टी फाल्ने र गणना गर्ने सहमति भइसकेकाले १२४ अर्धकट्टी झिकिएको थियो । बुँदा नम्बर ३ मा १ सय २५ वटा अर्धकट्टी परेको उल्लेख गरिएको थियो । चितवनमा अब २६ हजार मत गन्न बाँकी रहेको छ ।



