काठमाडौं । कुखुराको भालेको आक्रमणबाट फिलिपिन्समा प्रहरी प्रमुखको मृत्यु भएको छ।
अवैध रूपमा भाले जुधाइ भइरहेको ठाँउमा छापा हान्न पुगेका प्रहरीहरूमाथि भालेले आक्रमण गर्दा नगर प्रहरी प्रमुखको मृत्यु भएको समाचारमा जनाइएको छ ।
गत सोमबार उत्तरी फिलिपिन्सको समार प्रान्तको मदुग्याङ्ग गाँउमा अवैध भाले जुधाइ भइरहेको ठाँउमा प्रहरीले छापा मारेको थियो।
छापा मार्न पुगेका नगर प्रहरी प्रमुख क्रिस्टियन बोलोकले एक भालेलाई समात्न खोजेका थिए। खुट्टामा ब्लेड लगाइएको भालेले बोलोकमाथि आक्रमण गर्दा उनको खुट्टाको एउटा नसा काटिएको थियो। रगत बगेको बग्यै भएपछि उनको मृत्यु भएको हो।
कोरोना भाइरसको महामारी फैलिरहेको बेला भने सरकारले यस्ता खेल खेलाउन प्रतिबन्ध गरेको छ।



