काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । बजारमा छापावाला सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ रहेको थियो । आइतबार तेजावी सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य पनि तोलामा पन्ध्र रुपैयाँले बढेर प्रतितोला एक हजार एक सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार आठ सय ७८ डलर हाराहारीमा किनबेच भइरहेको छ ।



