झापा/लामो समय राप्रपामा रहेका र पार्टी राजनीतिका लागि शिक्षक पद त्यागेका चन्द्र थापाले आफूमाथि ठूलो अन्याय भएकाले न्यायका लागि जनतामाझ जान झापाको साविक १२ र हाल वडा नं. ७ बाट स्वतन्त्र उम्मेदवारी दिएको बताएकाछन् ।
आइतवार सवाल नेपालको कार्यालयमा आएर उनले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दै २० बर्ष अघि भिम पौड्याललाइ टिकट दिदा त्यसपछि आफूले दिने सहमति गरेको भन्दै त्यसलाइ पालना नगरिएकाले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिनु परेको उनको भनाइ थियो ।
राजतन्त्र फर्केर आउन सक्ने तर आफू राप्रपामा फेरी फर्कन नसक्ने बताउदै थापाले आफूलाइ टिकट नदिन बिजय बराल लगायतको ठूलो भूमिका रहेको आरोप लगाए । उनले आफूलाइ टिकट नदिन र दिएमा आफूहरु उम्मेदवार नबन्ने भन्दै मेयरका उम्मेदवार राम थापालाइ धम्कि दिएको पनि खुलासा गरेकाछन् ।
२४ बर्ष अध्यापन गराइरहेको मान्छे राजनीतिमा आएको बताउदै आफूलाइ यसरी तिरस्कार गरिन्छ भन्ने कहिल्यै कल्पना नै नगरेको उनको भनाइ रहेको थियो । आफू ३ कार्यकाल दमकमा राप्रपाको नेतृत्व गरेर देशमा नै अब्बल मत आउने नगरपालिकाको रुपमा चिनाएको स्मरण गर्दै आम कार्यकर्ताहरुको जनभावानाको सम्मानका लागि आफ्नो उम्मेदवारी रहेको उनले प्रष्ट पारे ।



