दमक। झापाको दमक नगरपालिकाबाट आज थप एक सय ८ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको छ । आज स्वाब पठाइएकामा ५७ पुरुष र ५१ महिला रहेको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

हाल सम्म दमकका ३ हजार ५ सय २३ जनाको स्वाब परीक्षण गरिएको पनि भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म दमकका २ सय ८७ पुरुष र एक सय ८३ महिला गरी ४ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले सम्म कोरोना संक्रमणका कारण दमकका २१ जनाको मृत्यु भइसकेको सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय