चितवनको भरतपुर महानगरपालिकामा भइरहेको मत गणनामा मेयर पदकी उम्मेदवार रेणु दाहालले आफ्नो मतान्तर कम गराएकी छन् । कांग्रेस माओवादी गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएकी उनले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मतान्तर कम गराएकी हुन् ।
वडा नम्बर २१ को मत गणना सकिँदा उनले देवीले भन्दा ३ सय ६१ मत बढी पाएकी छन् । अहिले उनले मत अन्तर घटाएर ७ सय ८४ मा ल्याएकी छन् ।
अब वडा नम्बर १९ र २० को मत गणना हुन बाँकी रहेको छ । यी दुई वडामा रहेको ६१ सय ६२ मत गणनामा रेणुले प्रगति गर्नुपर्ने छ भने एमालेका ज्ञवाली चाहिँ रक्षात्मक अवस्थामा रहँदा मात्रै पनि हुन्छ । ज्ञवालीले ४० हजार ९ सय ८० मत ल्याएका छन् भने रेणी दाहालले ४० हजार १ सय ९६ मत ल्याएका छन् ।



