काठमाडौं – आज (शुक्रबार) सुनकाे मूल्य बढेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारको तुलनामा सुनकाे मूल्यमा एक हजार रुपैयाँले बढेको हो ।
यस्तै, तेजावी सुनको प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदी प्रतिताेला ४५ रुपैयाँले बढेर एक हजार २ सय ५५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।



