काठमाडौं – साताको पहिलो दिन (आज) आइतबार नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ ।
शुक्रबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा काराेबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ९७ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको तुलनामा सुनकाे मूल्यमा ५ सय रुपैयाँले बढेको हो ।
यस्तै, तेजावी सुनको प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदी प्रतिताेला २० रुपैयाँले बढेर एक हजार २ सय ७५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय