२४ कात्तिक, अमरगढी । डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एकजना बालकको मृत्यु भएको छ । भागेश्वर गाउँपालिका-१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो ।

स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२/१३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बालक आफ्नै काकाको घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो । यसअघि करिब २० वर्ष पहिले अमरगढी नगरपालिका-७ मा पाँच वर्षीय बालकलाई चितुवाले खाएको थियो ।