गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ। ज्योतिष शास्त्रलाई आधार मान्ने हो भने हरेक धातुको भिन्न-भिन्न ग्रहसँग सम्बन्ध हुने गर्छ। सौर्यमण्डलमा रहेका ग्रहहरुले एक व्यक्तिको शरीरमा रहेको धातु अनुसार असर देखाउन ज्योतिषशास्त्रको भनाइ रहेको छ।

कहिले काहीं शरीरमा हालत धातुका गहना रहनाले विभिन्न ग्रहको नकारात्मक असर हुने गर्छ। ज्योतिषशास्त्रका अनुसार सुनका गहनालाई लापरवाही गरेर प्रयोग गर्नु हुँदैन। सुनको गहना लगाएको कारणनै भाग्योदयमा असर पर्न सक्छ। ज्योतिष शास्त्रका अनुसार विभिन्न तीन राशि हुने व्यक्तिहरुले कहिले पनि सुनको औंठी र गहना लगाउन हुँदैन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेष कन्या र धनु राशि भएकाहरुले हातमा सुनका औंठी लगाउँदा मात्रै पनि प्रगतिमा वाधा पुग्न सक्छ। यी तीन राशि भएका व्यक्तिहरु आफ्नो जीवनमा दुख मात्रै पाइरहेका छन् भने हातमा भएका औंठी बेचिहाल्न उचित हुन्छ।

यसरी शरीरमा भएको कुनै पनि सुनको गहना बेच्नाले जीवनमा उर्जा थपिने ज्योतिषशास्त्रीहरुको भनाइ रहेको छ। सुन लगाउनाले यी तीन राशि हुनेहरुको घन(सम्पतिमा गलत असर र नकारात्मक उर्जा पैदा गर्ने ज्योतिषशास्त्रको मान्यता रहेको छ।