काठमाडौं – नेपाली बजारमा केही दिनबाट लगातार बढ्दै गइरहेकाे सुनकाे मूल्य आज (मंगलबार) पनि भने घटेको छ । आज छापावाला सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला ९८ हजार २ सय रूपैयाँमा काराेबार भएको थियो । यस्तै तेजावी सुन प्रतिताेला ९४ हजरा ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, चाँदीकाे मूल्य पनि तोलामा ७० रुपैयाँले घटेर प्रतिताेला एक हजार २ सय १५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।



