भरतपुरबाट देबीप्रसादले भने मैले डेन्जरजोभरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा एमाले उम्मेदवार देवी ज्ञवालीले अग्रता कायमै राखेका छन् । तर, माओवादी–काँग्रेस गठबन्धनकी रेणु दाहालले अग्रता घटाउँदै लगेकी छन् ।
१९ र २० नम्बर वडाको मात्र मतगणना बाँकी छँदा ज्ञवाली रेणुभन्दा ७ सय ८४ मतले मात्र अगाडि छन् । ज्ञवालीको ४० हजार ९ सय ८० र रेणुको ४० हजार १ सय १६ मत छ । अन्तिममा दुवै पक्षले झिनो मतान्तरले आफू जित्ने दाबी गरिरहेका छन् ।
ज्ञवालीले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । ज्ञवालीले १९ नम्बर वडाबाट आफूलाई राम्रो मत आउने अनुमान गरे । २० मा पनि रेणुको भन्दा केही मत मात्र कम आउने दाबी उनको छ । ‘म १९ नम्बर वडामा केही मत बढी नै ल्याउँछु, २० मा पनि नराम्रो छैन’, उनले भने, ‘मैले अब डेन्जर जोन पार गरिसकें, बरु (रेणु) डेन्जर जोनमा छिन्, म उत्रिइसकेको छु ।’ उनले ३ मय मतले आफूले जित्ने दाबी गरे ।



