गर्भवतीको बेला धेरै भोक लाग्नु स्वभाविक हो। भनिन्छ–यो समयमा गर्भवती महिलालाई दुई जनाको हिसाबले खाना चाहिन्छ। स्वयम् गर्भवती र भविष्यको सन्तानका लागि। गर्भवतीको समयमा पटक–पटक भोक लाग्यो भन्दैमा जुनसुकै खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो मानिदैन। यस्तो खानेकुरा खानुस् जसले तपाईँ र भविष्यको सन्तानको स्वास्थ्यलाई लाभ होस्।
थाहा पाउनुस् पोषणले भरिपूर्ण तथा स्वास्थ्यवर्द्धक स्न्याक्सका बारेमा
–ताजा मौसमी फल
आफूसँगै जहिले पनि केही न केही फल राख्नुस्। जुनबेला भोक लाग्यो, खाइहाल्नुस्। फाइबर र पोषक तत्वले भरिपूर्ण फलको सेवनका कारण आफ्नो भोक शान्त गर्न सक्नुहुन्छ। र, यो स्वास्थ्यका लागि लाभदायिक पनि हुन्छ। ताजा र स्वच्छ मौसमी फल नै खानु्स्। सकिन्छ भने फलको बोक्रा पनि खाने प्रयास गर्नुस्। बोक्रामा पनि फाइबर र पोषक तत्वमा हुन्छ।

–दलिया
शरिरमा ऊर्जा ल्याउन दलिया खान सक्नु हुन्छ। दलिया खाँदा तपाईँलाई लामो समयसम्म शक्ति प्रदान गर्छ। ताजा फल वा काटेको तरकारी मिसाएर पनि दलिया बनाउन सकिन्छ। यसरी दलिया अझ पौष्टिक हुन जान्छ।.

–स्प्राउट्स
स्प्राउट्स पोषणले भरपूर स्न्याक्स हो। यसमा आइरन र फाइबर पाइन्छ। तपाईँ स्प्राउट्सको सलाद बनाएर काँचै पनि खान सक्नु हुन्छ। वा, यसलाई राइतोमा पनि मिसाउन सकिन्छ। यो बाहेक स्प्राउट्सको पराठा पनि बनाउन सक्नु हुन्छ।

–फलको स्मूदी
थोरै आँप, पाकेको मेवा, भूँइकटहर र एउटा पाकेको केरा मिलाएर पिँध्नुस्। यसरी तयार भएको फ्रूट स्मूदी स्वादिष्ट हुन्छ। तपाईँको शरिरलाई फूर्तिलो राख्न पनि मद्दत गर्छ। यसमा भिटामिन र क्याल्सियम पनि पर्याप्त हुन्छ।

–चना
चनामा प्रोटिन, आइरन, क्याल्सियम र भिटामिनको समिश्रण हुन्छ। . चनालाई उमालेर त्यसमा ताजा काटेको तरकारी जस्तो, काँक्रा, टमाटर, प्याज, हरियो खुर्सानी र धनिया मिलाउनुस्। यसरी, चना स्वादिष्ट र पौष्टिक स्न्याक्स बन्न जान्छ।

–उपमा
उपमामा प्रोटिन र फाइबर पाउन सकिन्छ। आइरनले भरपूर सूजीको प्रयोग गर्नुस्। यसमा अधिक पौष्टिक बनाउन तरकारी पनि मिसाउन सकिन्छ।

–खीर
गर्भावस्थाका बेला तपाईँलाई मीठो खानेइच्छा लाग्छ। पौष्टिक र मीठोका लागि खीर विकल्प बन्न सक्छ। सूजी, चामल वा साबुदानाको खीर बनाउन सकिन्छ। खीर बनाउन शुद्ध दूध प्रयोग गर्नुस्। र, चीनीको सट्टा गुड(उखुको रस पकाएर बनाइएको) प्रयोग गर्नुस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah