माओबादीका नेता तथा दमक नगरपालिकाका मेयरका उम्मेदवार गगन पुरीले आफ्नो उम्मेदवारीले दमकमा हलचल ल्याएको बताएकाछन् । उनले आफूजस्तो उम्मेदवार अरु कोहि नभएकाले प्रतिस्पर्धि कसैले नभेटाउने पनि जनाएकाछन् ।
https://www.youtube.com/watch?v=7OJwQa3o0O8उनले एमाले आफ्नो प्रतिस्पर्धि नभएर काँग्रेसका ढुण्डिराज भण्डारी प्रतिस्पर्धि हुन् भनेकाछन् ।
आफूले दमकमा अथाह बजेट ल्याएको जनताले देखेको भन्दै आफू काँग्रेस, एमाले र राप्रपाको आधा हिस्साको उम्मेदवार भएको भन्न पनि उनि चुकेका छैनन् । उनले आफ्नो सबै नेताहरुदेखि लिएर मन्त्रालयका सचिबसम्म राम्रो सम्बन्ध भएकाले दमकलाइ नेपालको युरोप बनाउने पनि जनाए ।









