सोलुखुम्बु सल्लेरी, १५ जेठ । सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका दुधकुण्ड नगरपालिका वडा नं. २ को वडा अधक्ष्य पदमा नेपाली कांग्रेसको तर्फबाट इमान्दार, कर्मठ तथा जुझारु युवा नेता मिङमार दोर्जी शेर्पाले उम्मेदवारी दिएका छन् ।
बिद्यार्थी जिबनकाल देखिनै नेबि संघमा आबद्ध भएर नेपाली कांग्रेसको सक्रिय राजनीति सुरु गरेका मिङमार दोर्जी शेर्पा नेबि संघको जिल्ला सदश्य हुँदै जिल्ला सभापति समेत भएका थिए त्यसै गरि नेपाली कांग्रेस बेनी गाउँ ईकाई समितिको अध्यक्ष भएर पनि आफ्नो क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्न सफल युवा नेताको रुपमा शेर्पा परिचित छन् ।
सधै जनताको कामलाई प्राथमिकता दिने, स्थानिय निकायलाई बलियो बनाउदै नगर बिकासमा साथै सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका नेपाली कांग्रेसको युवा नेता मिङमार दोर्जी शेर्पाले दुधकुण्ड नगरपालिका वडा नं. २ को वडा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।
सर्बाधिक वडाबासीको रोजाइमा परेका स्पष्ट भिजन लिएर अगाडि बढेका युवा नेता मिङमार दोर्जी शेर्पा स्थानिय तह देखि नेपाली कांग्रेसको केन्द्र सम्म पनि एक स्वच्छ छबि भएकी इमान्दार तथा कर्मठ युवा नेताको रुपमा परिचित छन् ।
आफैमा दुधकुण्ड नगरपालिका एक पर्यटकिय, सास्कृतिक, एतिहासिक नगरपालिका भएकोले यस क्षेत्रको सडक बिस्तार, शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक ,भौतिक, प्रविधि र साँस्कृतिक तथा जन चेतना स्तरको विकासमा लागि पनि सामाजिक अभियन्ता युवा नेता मिङमार दोर्जी शेर्पाको आबश्यकता रहेको र सम्पूर्ण वडाबासिहरुको माग समेत रहेको कुरा निकट श्रोतले जानकारी गराएको छ ।
हिमालयन बिकास सस्थाको अध्यक्ष समेत रहेर गाउँ स्तर देखि जिल्ला भरिनै अग्रणी सामाजिक अभियन्ता तथा राजनीतिक कार्यकर्ताको रुपमा परिचित शेर्पा पिछडिएका वर्गहरुको लागि पनि आफ्नो आवाजलाई बुलन्द बनाउदै आएका निडर युवा नेताको रुपमा जिल्ला भरि परिचित छन् ।
शेर्पा भन्छन् वडा बासीको हित तथा चाहना अनि वडा बिकासको कामलार्इ पहिले प्राथमिकता दिदै आफ्नो वडा तथा दुधकुण्ड नगरपालिकालार्इ नै एक नमुना नगरको रुपमा बिकाश गर्न पनि नेपाली कांग्रेसको चुनाब चिन्ह रुखमा मतदान गरि आफ्नो पार्टी र आफ्नो पार्टीको सम्पूर्ण उम्मेदवारहरुलार्इ अत्याधिक बहुमतले बिजय गराउन समेत उनले आव्हान गरेका छन् ।न्यूज अभियान



