काठमाडौँ – रुपन्देहीको मायादेवी गाउँपालिका–१ दुबियामा एक युवतीले विष खाएर आत्महत्या गरेकी छन् । सल्फास नामक विषादी सेवन गरेर २२ वर्षीया मनिता यादवले आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० तथा प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार मंसिर ३० गते विष सेवन गरेकी यादवको सोमबार उपचारको क्रममा मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यादवको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको डीएसपी खत्रीले जानकारी दिए । घटनाको प्रकृति हेर्दा विष खाएको देखिएकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।