अरिंगालले टोक्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ की छोरीको मृत्यु भएको छ ।

तिहारको दिन पुतलीबजार नगरपालिका वडा १४, लामागेमा अरिंगालले टोक्दा घाइते भएकी १३ वर्षीया अतिथि गैह्रेको पोखरामा उपचारक्रममा साँझ मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तिहारमा भाइटीका लगाउन तल्लो घरमा जानेक्रममा नजिकैको रुखका अरिंगालले उनीसहित अर्की बालिकालाई टोकेको थियो ।

टोकाइबाट घाइते उनीहरूलाई तत्कालै उपचारार्थ पोखरा ल्याइएकोमा उपचारक्रममा अतिथिको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपनिरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार अर्की बालिकाको अवस्था भने सामान्य छ ।

नेकपा स्याङ्जा अध्यक्ष पारसको परिवारमा श्रीमती र एक छोरा छन् ।

अतिथिको मंगलवार पोखराको सेती नदीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।