https://www.youtube.com/watch?v=Lrj_XrYmo9k

दमक/नेकपा एमालेका दमकमा मेयरका उम्मेदवार रोमनाथ ओलीले आफ्नो उम्मेदवारीले पार्टी भित्र र बाहिर नै सबै खुसि देखिएको बताएकाछन् । उनले कार्यकर्तामाझ जाँदा सोचेभन्दा धेरै साथ र समर्थन पाएको बताउदै नगरबासीको उच्चतम हितमा काम गर्नका लागि आफू मेयरको उम्मेदवारको रुपमा अघि बढेको जनाउदै यस्तो बताएकाहुन् ।

हावादारी र उटिपट्याङ गफ गर्दा अहिले जनता भ्रममा पर्न नसक्ने बताउदै आफूले झुटो आश्वसन र गर्नै नसक्ने कामको बिषयमा प्रतिबद्धता नजनाउने जनाउदै दमकबासीले आफूलाइ चिनिसकेकाले राम्रो काम गर्ने मान्छे सहजै छुट्याउने बिश्वास आफूले लिएको ओलीले बताए ।

आफूले दमकको मेयर हुदा गरेका कामहरुको निरन्तरता नै अहिले धेरै कामहरु भएको बताउदै एमाले बाहेक दमकको सम्बृद्धि र बिकास अरु कसैले गर्नै नसक्ने उनले दाबी पनि गरेकाछन् । उनले आफूले दमकबासीलाई मेयर भएपछि पहिलो दिने भनेको शुशासन भएको जनाए । शुसासन भएपछि जनताले सबैभन्दा ठूलो राहत पाउने उनको भनाइ छ ।

यसैगरि उनले बजेटलाइ एकपैसा पनि दूरुपयोग नगर्ने र गर्न नदिने अर्को प्रतिबद्धता उनको रहेको छ । उनले आफूले आजसम्म कहिकतै एकपैसा पनि दूरुपयोग नगरेको भन्दै नगरबासीले पसिना बगाएर तिरेको कर यहाँका नागरिकको उन्नती र प्रगतीमा खर्च गर्ने बताए ।

ओलीले आफूलाइ भोट हालेर मेयर बनाउने नागरिकहरुले पछूतो नमान्ने भन्दै दमकबासीले शिर ठाडो पारेर गौरवका साथ हामीले चुनेको मेयर भन्दै गुनगान गाउने अवस्था सिर्जना हुने बताउदै ओलीले झूटको खेती गर्ने र जनतालाइ भ्रमित पार्नेहरुको पक्षमा दमकका सचेत समुदाय नलाग्नेमा ढुक्क रहेको उल्लेख गरे ।

https://www.youtube.com/watch?v=Lrj_XrYmo9k

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah