
काठमाडौं, १८ असोज । तीनबुँदे सम्झौता कार्यान्वयन हुने समस्या देखिएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको छ ।
आजको नागरिक दैनिकमा खबर छ– दुई महिनाअघि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनलाई सरकार गठन गर्न सघाएको मोर्चाले आफ्ना असन्तुष्टिलाई प्रचण्ड नेतृत्वको सरकारले बेवास्ता गरेपछि बाध्य भएर समर्थन फिर्ता लिने मनस्थिति बनएको मोर्चाका नेताहरुले जनाए ।
नेपाल सद्भावना पार्टीको अध्यक्ष अनिलकुमार झाले सरकारले माग पूरा गर्नुको साटो दिन–प्रतिदिन विभिन्न बहाना बनाउनँदै संविधान संशोधनलार्य धकेल्न थालेपछि समर्थन फिर्ता लिने अवस्था आएको बताए । ‘अब हामी संविधान संशोधनका लागि बढीमा छठ पर्वसम्म सरकारको निर्णय पर्खन्छौं,’ झाले भने,‘त्यतिबेलासम्म पनि संशोधन नहुने हो भने पहिलो विरोधस्वरुप सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं ।’



