कतिपय अवस्थामा भिटामिनहरुको कमीले समेत कुखुराहरु रोगीजस्ता देखिन्छन। दानाबाट कुखुरालाई आवश्यक भिटामिन आपूर्ति नहुँदा, कुखुराहरुमा त्यस्को असर देखापर्दछ। त्यसैले समय-समयमा कुखुरालाई परिपुरकका लागि अलग्गै भिटामिनहरु दिनुपर्ने हुन्छ। केही भिटामिनको कमि र त्यसबाट कुखुरामा देखिने लक्षणहरुका बारेमा तल उल्लेख गरिएको छ।

भिटामिन " ए " को कमि भएमा:-

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

- भिटामिन " ए " को कमि भएमा कुखुराको आँखा सुन्निने आँखामा कचेरा लागीरहने हुन्छ।

- दाना खाने नलीमा चिल्लो पदार्थ जम्मा भएको हुन्छ।

- लेयर्स कुखुराको अण्डा उत्पादनमा कमि आउँछ।

- मृर्गौलामा युटेरस पदार्थ जम्मा हुन्छ।

- कुखुराका जोर्नीहरु सुन्निने गर्छ।

भिटामिन "B1" ( Thiamin ) कमि भएमा:-

- दानापानी राम्रोसँग नखाने, दानापानीमा अरुचि हुने

- B1 को कमिले कुखुरामा पोलिन्यूराइटिस भन्ने रोग लाग्ने गर्दछ। जसका कारण कुखुराको खुट्टा, मांसपेशी र नशामा पक्षघात हुनजान्छ।

- शारीरिक शक्तिमा कमी आउँदछ र कुखुराका प्वाँखहरु लत्रीने गर्छ।

- कुखुराहरु आकाशतिर ठाडो घाँटी तन्काएर हेर्ने रोग लाग्दछ।

- कुखुराको पाचनक्रिया कमजोर भएर जान्छ।

भिटामिन B2 (Riboflavin) को कमि भएमा:-

- कुखुराको मुखको भित्री भागमा खटिरा आउँछ।

- कुखुराहरु कमजोर हुने, दुब्लाउँदै जाने र हलक्क नबढ्ने हुन्छ।

- कमजोरीका कारणले कुखुराहरु हिँडडुल गर्न अप्ठ्यारो मान्ने गर्दछ।

- कुखुराको स्नायु प्रणालीसम्बन्धि विभिन्न लक्षणहरु देखा पर्दछ। जस्तै:- वरिपरि घुम्ने, मुन्टो बटारिने, काम्ने लक्षणहरु देखा पर्दछ।

- खुट्टाका नङ्ग्रा बाङ्गोटिङ्गो हुने लक्षण पनि देखा पर्दछ।

भिटामिन " ई " को कमि भएमा:-

- कुखुराको घाँटीमा पक्षघात देखापर्दछ।

- कुखुराहरु चक्कर लगाएर घुम्ने गर्दछ।

- कुखुराहरुले हिँडडुल गर्न अप्ठ्यारो मान्दछ।

- कुखुराको मस्तिष्कमा संक्रमण विनाको सामान्य परिवर्तन हुन्छ।

भिटामिन D3 को कमि भएमा:-

- कुखुरामा रिकेट्स रोग लाग्दछ।

- कुखुराको घुँडा बाङ्गिने, लङ्गडो हुने, घुँडा सुन्निने र हाड नरम हुने हुन्छ।

- यो भिटामिनको कमिमा कुखुराको मृत्युदर पनि बढ्दछ।

भिटामिन B12 को कमि भएमा:-

- कुखुराको शरिरमा प्वाँख कम आउँछ ।

- चल्लाहरुको मृत्युदरमा वृद्धि हुन्छ।

- ठूला कुखुराको शारीरिक वृद्धिदरमा समेत कमि आउँछ ।

बायोटिनको कमि भएमा:-

- बायोटिनको कमिले छाला सम्बन्धि रोग लाग्दछ।

- कुखुराको खुट्टा फाट्ने गर्दछ।

- कुखुराको चुच्चोको आकार बदलिन्छ।

- बायोटिनको कमि भएमा खुट्टाको आकार सानो हुन्छ।

( पोल्ट्री न्यूट्रीएसन बाट )