बिष्णुप्रसाद पोखरेल-२०७३-०६-१८ दमक-पुर्वी नेपालमा पर्ने अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवानको माग गर्ने लिम्बुवानी पार्टी र यसका नेताहरुमा सैद्धान्तिक बहस भन्दा पनि ‘इगो’को राजनीति शुरु भएको भन्दै फूटको ऋखलाहरु थपिन थालेको छ । २ बर्षअघि एक भएका लिम्बुवानजन्य पार्टीहरु फेरि एकपछि अर्को गर्दै नेताहरु आफ्नो बर्चश्वका लागि पार्टीलाइ फुटाउन थालेकाछन् ।

संघीय लिम्बुवान पार्टी फूटाएर कुमार लिङदेनले संघीय लिम्बुवान मञ्च बनाएको केहि महिना नबित्दै फेरी अर्को फूट भएको छ । पहिलो एकता महाअधिवेसनबाट सर्वोच्च नेता निर्वाचित भए लगत्तै कमल छराहाङले संघीय लिम्बुवान पार्टी छाडेर नयाँ पाटी गठनको गृहकार्यमा लागि सकेकाछन् । उनि निकट एक नेताका अनुसार एकसाताभित्रमा नै नयाँ पार्टी बनाउने बिषयमा छराहाङले औपचारिक छलफल शुरु गर्नेछन् ।

लिम्बुवानी पुराना नेता बीर नेम्बाङलाई सर्वमान्य नेता बनाएर लिम्बुवान पार्टीले चित्त बुझाउन कोसिस गरे पनि पार्टीको लाइनप्रति उनको चित्त दुखाइ कायमै रहेको छ । ग्रेटर लिम्बुवान र जनमतसंग्रहमा गएर भएपनि लिम्बुवानको बिषयलाई जनतामा लैजानु पर्ने सैद्धान्तिक लाइनलाई नयाँ पुस्ताका नेताहरुले अस्वीकार गरेकाछन् । नेम्बाङ निकट एक नेताका अनुसार आफूहरुले राखेको बिषय समावेश नहुदा सैद्धान्तिक असहमति रहेप िपार्टी भित्र नै सघर्ष गर्नका लागि छुटिनु भन्दा बहस गर्नु उपयुक्त ठानेर पाटी भित्र नै बसिएको हो ।

नयाँ पुस्ताका लिम्बुवानका नेताहरु खगेन्द्र माखिम र सूर्य माखिमले कुमार लिङदेन बाहिरिएपछि पार्टीको रणनीति, कार्यनीति तय गर्दै आएका छन् । उमेरले ४ दशक ननाघेका यि दूइ नेताले पार्टीलाइ आधूकिरण र कार्यनीतिलाई फेरबदल गर्नका लागि नयाँबाद समेत बहसको बिषय बनाएकाछन् । खगेन्द्र माखिमलाई अध्यक्ष बनाउनका लागि एउटा ठूलो समुह लागेपनि अन्तिम समयमा आएर इगोको कारण उनलाई रोकेर सन्जुहाङ पालुङ्वालाई प्रस्ताव गरिएपछि उनि सह अध्यक्षमा बसेकाछन् ।

फूटेर गएका छराहाङको प्रस्तावलाई भने उनि सहितको ठूलो समुहले अस्वीकार गरेको अघिवेसनमा सहभागि एक नेताले बताएकाछन् । बीर नेम्बाङ अध्यक्ष भए छराहाङ पार्टीमा नै रहने सम्भावाना पनि रहेको बताइन्छ । तर नेम्बाङे नयाँ पुस्तालाई नेतृत्व हस्ताण्तरण गर्न इच्छा चाहेर गरेपछि उनले उठाएको मुद्धालाई एकैसाथ किनारा नलगाई घुमाउरो भाषा प्रयोग गरेर अहिलेको कार्यदिशा बनाईएको छैन ।

संघीय लिम्बुवान पार्टीका महासचिब सुर्य माखिमका अनुसार ग्रेटर लिम्बुवान र जनमत संग्रहको सन्दर्भमा तत्कालिन कार्यदिशा नभइ कानूनी र प्राज्ञिक बहसको पक्षमा रहने महाअधिवेसनले सर्वसम्मत निर्णय गरेको छ । दमकमा दूइ दिनसम्म चल्ने भनिएको महाअधिवेसन ५ दिन चलेर सकिएको छ । माखिमका अनुसार पार्टीको बिचार लाइन अब स्पष्ट बनेको छ । ‘बहुलराष्ट्रियबाद, संघीय सहअस्तीत्वबाद र सामुदायिक समाजबाद’ भन्ने कार्यदिशा पारित भएको माखिमले बताए । गोलमेच सम्मेलनको सट्टा अर्को नयाँ मुद्धापनि अघि सारिएको छ । बहुलराष्ट्रिय सम्मलेन मार्फत लिम्बुवानको संबिधान जारी गर्दै लिम्बुवानको स्वशासनको आधार निर्माण गर्ने माखिम बताउछन् ।

पार्टी भित्रको इगो र गुटको लडाइका कारण पदाधिकारीहरुको संख्या जम्बो बनाईएको पाईएको छ । सोमबार अबेर सार्वजनिक गरिएको नामवली अनुसार अध्यक्षभन्दामाथि रहने गरि सर्वमान्य नेता र सर्वोच्च नेता राखिएको छ । अध्यक्ष पछि बरिष्ठ नेता त्यसपछि सह अध्यक्ष रहनेछ । बरिष्ठ उपाध्यक्षमा १५ जना रहेकाछन् । महासचिब ३ जना, उप महासचिब ३ जना राखिएको छ । प्रवक्ता पनि बेग्लै केदार धिमाललाइ राखिएको छ । २० जना बिभागिय सचिबहरु राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय